टिकटकमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्तिगत सूचना लग्यो

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुर्‍याउने गरेको संघीय जाँच ब्यूरो (एफबिआई)ले उल्लेख गरेको छ ।

एफबिआईले सार्वजनिक गरेको सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनाएको छ ।

राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गरेका छन् ।

नीति नियमका विश्लेषकहरूले हानिकारक सोशल मिडिया कम्पनीहरूको डेटा सङ्कलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्ने बताएका छन् ।

वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव दिएका छन् ।

चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण सङ्कलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसङ्गीतदेखि उसले कति छिटो सवारी चलाउँभन्नेसम्मका सूचना सङ्कलन गर्ने द हिलमा जियानलीले लेखेका छन् ।

Published : Tuesday, 2023 July 18, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया