सत्र हजारमै भिभोको स्मार्टफोन

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको छ । वाई १७ एसमा विभिन्न विशेषता र विभन्नता रहेका छन् ।

स्मार्टफोनले प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउनेछ । भिभो वाई १७ एसमा मूलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ ।

स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ ।

भिभोमा भएको २.५ डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेशनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउँछ । भिभो वाई १७ एस दुई रंगमा उपलब्ध छ ।

भिभो वाई १७ एसको क्यामेराको क्षमता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । फोनमा ५० एमपी पोट्र्रेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा, र ८ एमपी फ्रन्ट क्यामेरा छ ।

वाई १७ एसमा ५००० एमएएचको विशाल ब्याट्री छ । फोनको मूल्य १६ हजार ९९९ रुपियाँ कायम गरिएको छ ।

Published : Saturday, 2023 September 23, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया