भाग्यले साथ दिएपछि नायिका साम्राज्ञीले जितिन् १० करोडविरुद्धको मुद्दा

काठमाडौं । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्धको मानहानीको मुद्दा हारेका छन् ।

बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेता केसीलाई हराइदिएको हो । नायिका शाहले राहत पाएकी छिन् ।

अभिनेता केसीले २०७७ साउन ९ गते शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दामा दर्ता गराएका थिए ।

गाली बेइज्जती मुद्दामा अभिनेता केसीको दाबी नपुग्ने फैसला अदालतले गरेको छ । ३ वर्षअघि केसी र शाहबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको थियो ।

नायिका शाहले अभिनेता केसीले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । केसीले पनि शाहलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।

अभिनेता केसीले नायिका शाहले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।

Published : Wednesday, 2023 July 12, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया