इण्डिगो एयरलाइन्सले ५ सय एयर बस र बोइङ किन्ने

काठमाडौं । भारतको इन्डिगो एयरलाइन्सले एयरबससँग ५०० किन्ने सम्झौता गरेको छ ।

सोमबार पेरिसमा भइरहेको एयर प्रदर्शनका क्रममा इण्डिगो एयरलाइन्सले एभिएसन क्षेत्रकै सबभन्दा ठूलो सम्झौताको घोषणा गरेको छ ।

यसअघि वर्षको सुरुवातमा भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ बिमान किन्ने सम्झौता गरेको थियो ।

इन्डिगो भारतको सस्तो एयरलाइन्स हो । सम्झौताका लागि ५५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ । विमान २०३० देखि २०३५ सम्म इन्डिगोले पाउनेछ ।

सन् २००६ मा स्थापना भएको इन्डिगोसँग हाल ३०० विमान छ । हाल भारतको अन्तरिक उडानमा ६० प्रतिशत हिस्सा ओगट्छ ।

यति ठूलो संख्यामा विमान अर्डर पाउँदा एयरबसले इन्डिगोलाई केही छुट दिनसक्ने अनुमान छ । एजेन्सी

Published : Monday, 2023 June 19, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया