अर्थमन्त्री डा.महतले शेयर बजारमा ठूलो हरियाली ल्याइदिए

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको बजेटको प्रभाव शेयर बजारमा देखिएको छ ।

डा.महतले संसदमा दिएको जवाफले निरन्तर यो साता शेयर उकालो लागिरहेको छ । शेयर बजार मंगलबार उच्च अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । विभिन्न २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रूपियाँमा किनबेच भएको छ ।

शेयर बजार कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उप–सूचक हरियो देखिएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह २७६.६० र निर्जीवन बीमा समूह २२४.९० अंकमा कायम भएको छ । बैंकिङ समूह ७.३६, विकास बैंक ५८.१४, वित्त ३६.९२, होटल तथा पर्यटन १०३.७६, जलविद्युत् ४८.५७ र लगानी समूह १.३६ अङ्कले बढेको छ ।

उत्पादन तथा प्रशोधन २२१.५७, लघुवित्त ९६.७०, म्युचुअल फन्ड ०.१६, व्यापार ६१.५० र अन्य समूह १५.५३ अङ्कले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता ३.९३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २७ करोड ६६ लाख ८७ हजार २५० बराबरको ५ लाख ५७ हजार ३८८ कित्ता शेयर किनबेच भएको छ ।

Published : Tuesday, 2023 June 13, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया