देउखुरी क्याम्पसका प्रध्यापक युवती काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले दाङबाट बलात्कारको अभियोगमा प्रध्यापक शेषमणि गौतमलाई पक्राउ गरेको छ ।

देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख गौतमलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित निवासैबाट गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताएका छन् ।

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

Published : Monday, 2023 May 22, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया