धन्दा गर्ने बेला उपत्यका बाहिर घर भएका तीन जना केटाहरू रङ्गेहात पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट तीन जनालाई गैंडाको खागसहित पक्राउ गरेको जनाएको छ ।

ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई हाल ललितपुरको एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे,

२४ वर्षीय युवराज घिमिरे र धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भई हाल काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई खागसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ ।

Published : Wednesday, 2023 May 17, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया