निगमद्वारा जहाज किन्न लिएको ३ अर्ब ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३ अर्ब रुपियाँ सावाँ ब्याज भुक्तानी गरेको छ ।

निगमले एक वर्षको अवधिमो सो रकम भुक्तानी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिक्रम संवत २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपियाँ सावाँ ब्याज भुक्तानी गरिएको छ ।

असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी भएको छ ।

चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपियाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

निगम अहिले सञ्चालन मुनाफामा छ । निगमले नियमित सावाँ ब्याज तिर्न थालेको प्रवक्ता पौडेलले बताएका छन् ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण भुक्तानी गरिरहेको छ ।

निगमसँग चार वटा जहाज छन् । निगमलाई उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ ।

कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट एवम् किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोधसमेत गरेको छ ।

Published : Thursday, 2023 April 20, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया