मुस्ताङमा देखिए पल शाह

काठमाडौं । एक वर्षभन्दा लामो जेल बसाइँपछि फर्किएका अभिनेता पूर्णबिक्रम शाह ‘पल’ छायाँकनमा व्यस्त हुन थालेका छन् ।

शाह छायाँकनका लागि मुस्ताङ जिल्ला पुगेका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा मुस्ताङमा एक जना केटी कलाकारको तस्वीर सेयर गरेका छन् ।

तस्वीर सेयर गर्दै लेखेका छन्, ‘आँशु बनि नखस कैले नि !’

जेलबाट बाहिर आउनेवित्तिकै शाह सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त छन् । उनी म्युजिक भिडियो र चलचित्रको छायाँकनमा पनि जाने तयारीमा रहेका छन् ।

एक जना गायिकाले बलात्कारको अभियोगमा शाहलाई थुनाएकी थिइन् । ती गायिकाका कारण शाहले ठूलो दु:ख पाएका छन् ।

अभिनेता शाह पुन: कलाकारिताको क्षेत्रमा रमाउन थालेका छन् । उनको माग बढ्न थालेको छ ।

Published : Thursday, 2023 April 6, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया