भुपु पाण्डेको निकै पुरानो लयको लोक गीत ‘लैलै बरै’ रिलिज

काठमाडौं । गायक भुपु पाण्डेले ‘लैलै बरै’ बोलको गीत रिलिज गरेका छन् ।
‘लैलै बरै’मा नन्दा पन्तको स्वर रहेको छ । गीतको संकलक स्वयं नन्दा पन्त हुन् ।
गायक पाण्डेले आफ्नै युट्युब च्यानलबाट गीतलाई रिलिज गरेका छन् । उनले पुरानो शैलीको यो गीतलाई ग्रामीण भेगमा पुगेर ल्याएका हुन् । गीतको स्वामित्व गायक पाण्डेले लोक गायिका नन्दा पन्तलाई नै दिएका छन् । गीत ठेट मौलिक लयमा रहेको छ ।
समूह गायनमा भुपु पाण्डे, रमेश कडरिया, श्याम ढकाल, नरेन्द्र बियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मण कार्कीको स्वर रहेको छ ।
म्युजिक भिडियोको निर्देशन रमेश पाठकले गरेका छन् । भिडियोको कथा गायक पाण्डेको रहेको छ ।
Published : Sunday, 2023 February 5, 1:00 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया