पार्टीभित्र शेखर कोइरालाले दिए बयान, सबै कुरा खारेज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

सोमबार काठमाडौंमा बसेको शीर्ष र पदाधिकारीहरूको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रपति उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अगाडि आएको छ । राष्ट्रपतिमा नेता कृष्णप्रसाद सिटौलाले पनि रुचि देखाएका छन् ।

प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले उम्मेदवारीका विषयमा आन्तरिक तयारी गर्न पनि बताएका छन् ।

डा.महतले सबै राजनीतिक दलहरूसँग सहयोग लिएर राष्ट्रपति निर्वाचनका लागि अघि बढ्ने निर्णय भएको बताएका छन् ।

समयमा राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि कांग्रेसले गरेको छ ।

कांग्रेसका प्रवक्ता डा.महतले नेता शेखर कोइराललाले आफूले भन्दै नभनेको कुराको अनर्गल प्रचार गरिएको उल्लेख गरेका छन् ।

कोइरालाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको भन्ने भनाई बाहिर आएको थियो ।

बैठकमा कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती भएको भनेर कुनै धारणा नराखेको जानकारी बैठकमा गराएका छन् ।

एमालेले कांग्रेसलाई राष्ट्रपतिमा असहयोग गर्न जनाइसकेको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर राष्ट्रपति पद लिने पक्षमा छ ।

Published : Monday, 2023 January 23, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया