नबिल बैंकले लाभांस र बोनस वितरण गर्ने

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ ।

शुक्रबार बैंकको ३८औं वार्षिक साधारणसभा सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो ।

समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी यस वर्ष २७ अर्ब नाघेको छ ।

साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस सकिवलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

नबिल बैंक आ.व. ०७८/७९ मा चार अर्ब २५ करोड ६० लाख रुपियाँ नाफा हासिल गर्न सफल भएको थियो ।

Published : Friday, 2023 January 13, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया