माघदेखि बैंकहरूले निक्षेपको ब्याजदर घटाउने

काठमाडौं । वाणिज्य बैंकहरूले माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् ।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन् ।

संघले अहिले दिइँदै आएको व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको छ ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्नेछ ।

संस्थागत मुद्दती खातामा दिइएको १० दशमलव १३ प्रतिशतको ब्याजदर अब ९ प्रतिशत कायम हुनेछ ।

मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरूलाई ठूलो राहत नहुनेछ । बैंकहरूको ब्याजको आधार दर घट्दा केही राहत भने हुनेछ ।

Published : Thursday, 2023 January 12, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया