प्रभुमा सेन्चुरी बैंक गाभियो, भट्टचनद्वारा एकीकृत कारोबारको उद्घाटन

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मंगलबारदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।

प्रमुख र सेन्चुरीबीच साउन २५ गते सम्झौता भएको थियो ।

सम्झौता गरेको पाँच महिनामा प्रभु र सेन्चुर बैंकले एकीकृत कारोबार सुरू गरेका हुन् । प्रभु ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि

सभाका सांसद देवीप्रकाश भट्टचनले एकीकृत सेवाको उद्घाटन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रभु र सेन्चुरीलाई मर्जर गर्न पुस १९ मा अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रभु बैंकले १ बराबर १ सेयर आदान–प्रदान गर्ने सहमतिअनुसार सेन्चुरी बैंक मर्जर भएको छ ।

दुवै बैंकको पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरका लागि स्वीकृति प्रदान गरेका थिए ।

सेन्चुरी बैंक मर्जरमा भएपछि प्रभु बैंकको नामबाट कारोबार हुनेछ ।

बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको बबरमहलमा रहेको कार्यालयमा रहनेछ ।

प्रभुले यो वर्ष ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बोनसपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रूपियाँ पुग्ने छ ।

सेन्चुरीले यो वर्ष ४.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनसपछि सेन्चुरीको चुक्ता पुँजी १० अर्ब ७७ लाख १९ हजार रूपियाँ पुग्नेछ ।

वार्षिक साधारणसभाबाट पारित गरेको बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ ।

यी दुई बैंक एक भएपछि चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार रूपियाँ पुगेको छ ।

Published : Wednesday, 2023 January 11, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया