सहकारीमार्फत किसानका समस्या समाधान गर्नुपर्छ : नेता तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद जन्मजय तिमिल्सिनाले सहकारीमार्फत नागरिकको जीवनस्तर र किसानका हरेक समस्याहरू समाधान हुँदै आइरहेको बताएका छन् ।

बर्दियाको मधुवन नगरपालिका– ७, तारातालको सानाकिसान कृषि सहकारी संस्था लि. को २५औँ वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै तिमिल्सिनाले सहकारीहरूबाट जनताको अपेक्षा पूरा गर्ने बताए ।

‘अझै प्रभावकारी रुपमा काम गर्न सके मात्र सहकारी अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु’, उनले भनेका छन् ।

सानाकिसानको २५औँ वार्षिक साधारण सभाबाट उत्कृष्ट नेतृत्व चयन गरी संस्थाको उत्तरोत्तर प्रगतिको उनले शुभकामना दिएका छन् ।

संस्थाका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Published : Monday, 2023 January 9, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया