सहकारीहरूमा देखिएको चुनौती राष्ट्रिय समस्या : कांग्रेस नेता खाण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती राष्ट्रिय समस्या भएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका खाणले सहकारीको समस्या सरकारले सम्बोधन गनेुपर्ने बताए ।

खाणले सबै मिलेर आर्थिक समस्यालाई समाधान गर्न लाग्नुपर्ने बताए ।

‘सरकारले हाम्रो सरोकारको विषय होइन भनेर भन्न सक्दैन’, उनले भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि मन्त्रीहरू सहकारीको समस्या समाधान गर्न गम्भीर हुनुपर्ने नेता खाणले बताएका छन् ।

‘उद्योग व्यवसायीहरू, बैंक वित्तीयदेखि सबै क्षेत्र संकटमा छ’, उनले भने, ‘त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन ।’

‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन । अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौती छ’, उनले भने, ‘नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई गम्भीरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’

Published : Monday, 2023 January 9, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया