होटल व्यवसायी महासंघमा सर्वसम्मत नेतृत्व चयन

भरतपुर । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके चयन भएका छन् ।

बुधबार राति भरतपुरमा सम्पन्न भएको महासंघको १०औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनले चुकेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

महासंघका अरु पदाधिकारीमा पनि सर्वसम्मत चयन गरिएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, उपाध्यक्षमा वीरञ्जन बटाला र सन्तोष उप्रेती चयन भएका छन् ।

उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् ।

महिला उपाध्यक्षमा धनादेवी चोखाल चयन भएकी छिन् ।

महासचिवमा तुल्सीराम भण्डारी र उप–महासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन भएका छन् ।

कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

Published : Thursday, 2023 January 5, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया