सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् ।

राजधानीमा आइतबार सम्पन्न १९औं वार्षिक साधारणसभाले उप्रेतीलाई अध्यक्षमा निर्वाचित गरेको हो । १५ सदस्यीय सञ्चालक समिति पनि चयन भएका छन् । ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित भएका छन् ।

सदस्यहरूमा प्रदेश १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट कालीबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।

खुला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापा मगर निर्वाचित भएका छन् ।

महिला सञ्चालकहरूमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका छन् ।

लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा निर्वाचित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति बनेको छ ।

समितिको सदस्यहरूमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका छन् ।

Published : Tuesday, 2023 January 3, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया