नबिलका ग्राहकले मिसाद एजुकेसनमा छुट पाउने

काठमाडौं । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच छुट दिने सहमति भएको छ ।

बैंकका ग्राहकले मिदास ई–क्लासका पठनपाठनका सामग्रीमा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा मिदाससँग समझदारी भएको हो ।

नबिलका ग्राहकले मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपियाँमा प्राप्त गर्न सक्ने जनाइएको छ ।

ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

समझदारीको मुख्य उद्देश्य खातावालालाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।

मिदास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो । यसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठहरू अन्तर्क्रियात्मक रूपमा विकास गरिएको बैंकले जनाएको छ ।

Published : Tuesday, 2023 January 3, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया