ई-सेवालाई ठूलो झट्का, आन्तरिक रेमिट्यान्स कारोबार बन्द

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।

रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।

ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गरेकाले कारोबार बन्द गरिएको बताएका छन् ।

उनले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतवबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

सन् २०१९ मा ई–सेवा मनी ट्रान्सफरको स्थापना भएको थियो । सन् २०२० बाट ई–सेवा मनी ट्रान्सफर कारोबार सुरुवात गरेको थियो ।

प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपियाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ । अन्तरिक रेमिट्यान्स कारोबार बन्द भएपछि ई–सेवालाई ठूलो झट्का लागेको छ ।

Published : Monday, 2023 January 2, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया