कुमारी बैंकको सीईओमा अर्याल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् ।
कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार भएसँगै अर्याललाई कुमारी बैंकको सीईओ नियुक्त गरिएको हो ।
कुमारी र एनसीसीबीच मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी र एनसीसी बैंक १:१ अनुपातमा मर्ज भएका हुन् ।
Published : Monday, 2023 January 2, 5:24 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया