ईन्भेस्टमेण्ट र मेगाबीच मर्जरको अनुमति, मेगाका सेयर धनीहरूलाई घाटा

काठमाडौं । नेपाल ईन्भेस्टमेण्ट र मेगा बैंक नेपाललाई मर्जरका लागि अन्तिम स्वीकृत पाएका छन् ।

नेपाल राष्ट्र बैंकले उनीहरूलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

ईन्भेस्टमेण्ट र मेगा बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभामार्फत मर्जरको प्रस्ताव पारित गरिसकेका छन् ।

ईन्भेस्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छभने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन ।

मेगा बैंकको १०० कित्ता सेयर हुनेहरूको घटेर ९० कित्ता हुनेछ ।

यसरी इन्भेस्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो ।

मर्जरपछि नेपाल ईन्भेस्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुबै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन् ।

ईन्भेस्टमेण्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड छ । मेगा बैंकको १६ अर्ब ७६ करोड रूपियाँ छ ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपियाँको हाराहारीमा पुग्नेछ ।

Published : Monday, 2023 January 2, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया