नयाँ विमानस्थलले पोखराको सौन्दर्यलाई जोखिममा नपारोस् : आनन्दराज बतास

काठमाडौं । प्रतिष्ठित उद्योगपति एवम् बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको सौन्दर्य बिगार्ने हो कि भनेर आशंका व्यक्त गरेका छन् ।

बतासले आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर पोखराको मौलिकता र प्रकृतिक सौन्दर्यतामा जोखिममा पर्न नहुने बताएका हुन् ।

‘पोखरा विमानस्थलका सम्बन्धमा मैले पहिलेदेखि नै आफ्ना धारणा राख्दै आएको छु’, उनले भनेका छन्, ‘आज पनि दोहोर्‍याउन चाहान्छुकि पोखराको मौलिकता, प्राकृतिक सौन्दर्य तथा रहनसहन अर्थात ‘पोखरापन’नयाँ विमानस्थलसँगै जोखिममा नपरोस् !’

अध्यक्ष बतासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुन लागेकोमा शुभकामना पनि दिएका छन् ।

पोखराको विमानस्थल बनाउन चीनसँग नेपाल सरकारले महँगोमा ऋण लिएर बनाएको छ ।

विमानस्थल निर्माण गर्ने क्रममा त्रुटि भएको थियो । तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीले रिठ्ठेपानीको डाँडा त्यस बेला देखेनन् । अहिले आएर करीव ४० करोडमा त्यो डाँडा काट्ने कार्य हुन लागेको छ ।

उता, चीनले ऋण र किस्ताको रकम समयमा बुझाउन नसकेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग ६० लाख जरिवाना गराइसकेको छ ।

पोखरा विमानस्थलबाट नेपाललाई फाइदाभन्दा पनि धेरै नोक्सानी हुने चर्चा छ । चीनले आफ्नो एक्जिम बैंकमार्फत चीनलाई नेपालले २२ अर्ब ऋण दिएको थियो । नेपालले प्रत्येक वर्ष १ अर्ब सावाँ र १ अर्ब व्याज तिर्नै पर्छ ।

नेपालले समयमा ऋण तिर्न सकेन भने चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो कब्जामा लैजाने हो कि भन्ने आशंका पनि छ ।

Published : Sunday, 2023 January 1, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया