प्रचण्ड–ओली–रविको सरकार बन्नेवित्तिकै दूधको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रशोधित दूधको मूल्य वृद्धि गरेको छ ।

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले सरकारी निकायसँग समन्वय नै नगरेर प्रतिलिटर दूधको मूल्यमा १४ रुपियाँले बढेको छ ।

अब दूधको प्रतिलिटर मूल्य एक सय रुपियाँ पुगेको छ । यसअघि, प्रतिलिटर ८६ रुपियाँ थियो ।

डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपियाँ बनाएको छ ।

यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपियाँ रहेको थियो ।

निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्यमा भारी वृद्धि गरेको छ ।

माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको मुलुकमा मिलिजुली सरकार छ ।

माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्री छन् । एमालेका विष्णु पौडेल उप–प्रधान र गृहमन्त्री छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उप–प्रधान र गृहमन्त्री छन् ।

ठूला गफ दिएर सरकार बनाएका दाहाल, एमालेका अध्यक्ष खड्गप्रसाद ओली र रवि लामिछानेले एक हप्टाभित्र दूधको मूल्य बढाएर सर्वसाधारणका ढाड सेक्ने काम गरेका छन् ।

Published : Saturday, 2022 December 31, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया