ठगी काण्डमा भाटभटेनी सपुर मार्केट, जरिवाना लिएर सामान जफत

काठमाडौं । उपभोक्तालाई ठगी गरेपछि भाटभटेनी सुपर मार्केट कारबाहीमा परेको छ ।
मंगलबार हेटौँडास्थित भाटभटेनी सुपरमार्केटलाई ठगीको आरोपमा साढे दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटलाई २ लाख ५० हजार रुपियाँ जरिवाना तिराएको छ ।
भाटभटेनी सुपर मार्केट हेटौँडाको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताएका छन् ।
राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको कँडेलले बताए ।
पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स अनुगमन टोलीले बरामद गरेको छ ।
न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको छ । भाटभटेनीबाट बरामद गरेका खाद्य वस्तुहरू बिक्री वितरणमा पनि रोक लगाएको छ ।
भाटभटेनीबाट बरामद भएको ५० किलोको ३० बोरा र ९२ थान (१८४ किलो) चिनी, २२ किलो नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ ।
भाटभटेनी सुपर मार्केटले उपभोक्ता ठगी गर्ने गरेको धेरै लामो समयदेखि गुनासा आइरहेका छन् । बेलाबेला भाटभटेनी सुपर मार्केट विवादमा पर्ने गरेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया