देवी–कुशलको ‘ओ जाम हिन’ले २ दिनमै राम्रो दर्शक पायो

काठमाडौं । गायिका देवी घर्ती मगर र गायक कुशल बेल्बासेको स्वरमा ‘ओ जाम हिन’ बोलको लोक दोहोरी गीत रिलिज भएको छ ।

गीतमा शब्द र संगीत कुशल बेल्बासेको रहेको छ । विश्वास नेपालको ऐरेन्ज रहेको गीतको म्युजिक भिडियोका निर्देशक सुनिल क्षेत्री हुन् ।

शिशिर पौडेल र उषा उप्रेतीको अभियन रहेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् ।

शिशिर पौडेलको युट्युब च्यानलबाट रिलिज गरिएको गीतले दुई दिनमा ६१ हजार भ्यु पाएको छ । छोटो समयमा गीतले राम्रो दर्शक स्रोता पाएको गायक पौडेलले बताएका छन् ।

Published : Tuesday, 2022 December 27, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया