सन्तोष श्रेष्ठको संगीतमा कुमार सानु र देविकाको स्वर

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा भारतीय गायक कुमार सानुले स्वर दिएका छन् ।

‘तिम्रो मायाको सागरमा’ बोलको आधुनिक गीतमा कुमार सानुले स्वर दिएका हुन् । गीतमा गायिका देविका बन्दनाको पनि स्वर रहेको छ ।

बिहीबर देविका बन्दना नामक युट्युब च्यानलबाट गीत रिलिज भएको छ ।

गीतको शब्द सुरेन्द्र मानन्धर ‘अमर’ले लेखेका छन् । गीतको एरेन्जर राजु कार्की हुन् ।

संगीतकार श्रेष्ठले यसअघि भारतीय गायिका सञ्जीवनीलाई पनि गीत गाउन लगाइसकेका छन् । सञ्जीवनीपछि श्रेष्ठले भारतीय लोकप्रिय र चर्चित गायक कुमार सानुको स्वरमा गीत बनाएका हुन् ।

संगीतकार श्रेष्ठले गीतमा कुमार सानु र देविका बन्दनाको स्वर निकै म्याच गरेको बताए । उनले गीतका शब्द पनि राम्रो रहेको बताएका छन् ।

म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । प्रियंका कार्की र आयुश जोशीको अभिनय रहेको छ ।

राइजिङ मलको हलमा आयोजित औपचारिक कार्यक्रममा बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गरेका छन् ।

Published : Friday, 2022 December 23, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया