नायिका नम्रताले यस कारण फिल्म छाडेकी हुन्

मुम्बई । दक्षिण भारतीय फिल्मका नायक महेश बाबुकी श्रीमती नम्रता शिरोडकरले अभिनय छाड्नुको कारण बताएकी छिन् ।

नायिका समेत रहेकी पूर्वमिस ईण्डिया नम्रताले आफ्ना श्रीमान् महेशले काम नगर्ने श्रीमती चाहन्थे र यो निर्णयप्रति आफू एकदमै स्पष्ट रहेको बताएकी छिन् ।

जसका कारण नम्रताले विवाहपछि आफ्नो अभिनय करियरमा पूर्णविराम लगाइन् ।

उनले भनेकी छिन्, ‘महेशले स्पष्ट रुपमा भनेका थिए कि उनलाई काम गर्ने श्रीमती चाहिँदैन ।’

‘यदि म अफिसमा काम गरिरहेको भए पनि उनले मलाई काम छाड्न लगाउँथे’, उनले भनेकी छिन् ।

नम्रताले भनेकी छिन्, ‘हामीले विवाहपछि अपार्टमेन्टमा बस्ने निर्णय गरेका थियौं, किनकि म मुम्बईकी थिए ।’

‘ठूला–ठूला बंगलामा कसरी बस्न सक्छु थाहा थिएन’, उनले भनेकी छिन्, ‘यी सबै सोच्दा मलाई डर लाग्थ्यो, जसका कारण महेश मसँगै अपार्टमेन्टमा बस्न थाले ।’

‘विवाह पहिले उहाँको सर्त फिल्म छाड्ने थियो । मेरो सर्त हैदराबादमा अपार्टमेन्टमा बस्ने थियो’, उनले भनेकी छिन् ।

‘हामी दुवै निकै स्पष्ट थियौं’, उनले भनेकी छिन्, ‘त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ ।’

नम्रता अन्तिम पटक १७ वर्षअघि ठूलो पर्दामा देखिएकी थिइन् ।

उनी पछिल्लो पटक सन् २००४ मा ‘इन्साफः द जस्टिस एन्ड ब्राइड एन्ड प्रिज्युडिस’मा देखिएकी थिइन् ।

सन् २००५ मा महेश बाबुसँग विवाह गरिन् र फिल्ममा काम गर्न छोडिन् । महेश र नम्रताका २ सन्तान छन् ।

Published : Thursday, 2022 December 22, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया