अल्लु अर्जुनको गीतलाई ‘सर्कस’मा चोरी

मुम्बई । भारतीय बलिउड फिल्म ‘सर्कस’लाई गीत चोरीको आरोप लागेको छ ।

‘सर्कस’मा अभिनेता रणवीर सिंहको अभिनय रहेको छ । फिल्मको गीत ‘करेन्ट लगा’विरुद्ध चोरीको आरोप लागेको छ ।

‘करेन्ट लगा’ गीतमा रणवीर र अभिनेत्री दीपिका पादुकोणले नृत्य गरेका छन् ।

‘करेन्ट लगा’ गीत दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘ब्लकबस्टर’ गीतबाट चोरी गरिएको आरोप लागेको छ ।

‘करेन्ट लगा’ गीत रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा अलोचना भएको थियो ।

गीतको पृष्ठभूमि संगीत अल्लु अर्जुनको फिल्म ‘सराइनोडु’को ‘ब्लकबस्टर’सँग मिल्दोजुल्दो छ ।

चोरी गरेको थाहा भएदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्माता र कलाकारको नराम्रोसँग आलोचना गिररहेका छन् ।

‘सर्कस’लाई रोहित शेट्टीले निर्देशन गरेका छन् । यो फिल्म २३ डिसेम्बर २०२२ मा रिलिज हुँदैछ ।

फिल्म शेक्सपियरको लोकप्रिय नाटक ‘द कमेडी अफ एरर्स’ बाट प्रेरित छ ।

फिल्ममा रणवीर सिंह, ज्याकलिन फर्नान्डिस, पूजा हेगडेको मुख्य भूमिका रहेको छ ।

फिल्ममा अभिनेता अजय देवगन केमियो भूमिकामा देखिनेछन् । एजेन्सी

Published : Monday, 2022 December 19, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया