पुष्पा २ को छायाँकन भइरहेका बेला निर्माताहरूको घरमा छापा

मुम्बई । भारतीय फिल्म ‘पुष्पा’का निर्माताहरू र कम्पनीको कार्यालयमा आयकर विभागले छापाहानेको छ ।

सोमबार विभागका कर्मचारीहरूले फिल्म्सको पछाडि रहेको तेलुगु निर्माण कम्पनी मैत्रीको परिसरमा छापा मारेको हो ।

अधिकारीहरूले यो उत्पादन कम्पनीमा केही एनआरआईहरूले पनि लगानी गरेको आशंका गरेका छन् ।

आशंकाका आधारमा विभागले कम्पनीका तीन सञ्चालक यलमाञ्चिली रविशंकर, नवीन अर्नेनी र चेरुकुरी मोहनका घरसहित १५ स्थानमा छापा मारेको छ ।

मिथ्री फिल्म प्रोडक्सनको ब्यानरमा ‘पुष्पा’, ‘रंगस्थलम’ र ‘श्रीमान्थुडु’ जस्ता ब्लकबस्टर फिल्म बनेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार आईटी टोलीका अधिकारीहरू विभिन्न राज्यबाट हैदराबाद पुगेका थिए ।

अधिकारीहरू सोमबार बिहान मैत्री फिल्म्सको कार्यालय पुगेर छापा मारेका छन् ।

छापा मार्ने सम्बन्धमा विभागले कुनै आधिकारिक अभिव्यक्ति दिएको छैन ।

अल्लु अर्जुनले ‘पुष्पा २’ को छायांकनको काम सुरू गरेका बेला विभागले छापा हानेपछि हलचल आएको छ ।

सामाजिक सञ्जालमा फिल्मको छायांकनको तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा अभिनेतासँगै चर्चित सिनेमेटोग्राफर मिरोस्लाभ कुबा ब्रोजेन्क पनि देखिएका छन् ।

Published : Wednesday, 2022 December 14, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया