अभिनेत्री वीणाको आफ्नै छोराद्वारा हत्या

मुम्बई । भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री ७४ वर्षीया वीणा कपूरको आफ्नै छोराले हत्या गरेका छन् ।

वीणाका आफ्नै कान्छो छोरा सचिन कपूरले हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

सम्पत्तिको लोभमा सचिनले आफ्नै आमाको हत्या गरेको भारतीय प्रहरीको प्रारम्भीक अनुमान छ ।

भारतीय प्रहरीले आमा वीणा कपूरको हत्याको आरोपमा छोरा सचिन कपूरलाई पक्राउ गरिसकेको छ ।

वीणालाई सचिनले बेसबलको ब्याटले हानेर हत्या गरेको आरोप छ ।

हत्यापछि सचिवले आमाको शवलाई घरबाट ९० किलोमिटर टाढा लगेर फालिदिएको आरोप छ ।

टिभी सिरियलकी अभिनेत्री निलु कोहलीले वीणाको हत्या भएको जनाएकी छिन् ।

भारतको जुहुस्थित वीणाको आफ्नै घरमा हत्याको घटना भएको छ ।

छोरा सचिनले आफ्नी आमालाई बेसबलको ब्याटले कुटेर वीणाको शव माथेरान नदीमा फालिदिएका थिए । वीणाका अर्को छोरा अमेरिकामा छन् ।

अनुसन्धानका क्रममा १२ करोडको फ्ल्याट हडप्न हत्या गरेको हुन सक्ने प्रहरीलाई सचिन आफैले बयान दिएका छन् ।

प्रहरीका अनुसार वीणाका छोरा सचिनले उनको हत्या गरेपछि शवलाई फ्रिजको कार्टुनमा प्याक गरेर फ्लेका थियो ।

सचिनले आमाको शव रहेको बाकस फाल्न घरमा काम गर्ने सहयोगीको सहयोग लिएका छन् ।

वीणाको भारतीय टेलिभिजन उद्योगमा चर्चित नाम थियो । उनले मेरी भाभी, मित्ते प्यारे नु हाल मुरिदान दा कहना, दल : द ग्याङ र बन्धन फेरो के जस्ता धेरै टिभी शोमा काम गरेकी थिइन् । एजेन्सी

Published : Saturday, 2022 December 10, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया