प्रदेश सांसदमा निर्वाचित हुनेवित्तिकै कांग्रेस नेता महर्जनद्वारा आभार प्रकट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसद मीनकृष्ण महर्जनले आफ्ना मतदाता र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन् ।

बिहीबार महर्जनले धन्यावाद सन्देश जारी गरेर आफूलाई विजयी बनाउन मतदान गर्ने मतदाता, सहयोग गर्ने कांग्रेस र गठबन्धनका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका हुन् ।

‘मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा म र हाम्रो गठवन्धन उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराई दिनु भएकोमा सम्पूर्ण मतदाता बुवाआमा दिदीबहिनी दाजुभाइहरूमा हृदय देखिनै हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु’, महर्जनले भनेका छन् ।

‘जितसँगैको यो जिम्मेवारीलाई ललितपुरबासी बुवाआमा दिदीबहिनी दाजुभाइहरूमा समर्पित गर्दै निर्वाचन प्रचार प्रसारको महाअभियानमा अहोरात्र खटिनुहुने गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता साथीहरू, युवा, तन्नेरी साथीहरू, दिदीबहिनीहरू र शुभचिन्तकहरूमा आभार र धन्यवाद व्यक्त गर्दछु’, उनले भनेका छन् ।

‘मतदाता दिदीबहिनी दाजुभाइहरूले देखाउनु भएको अपार माया, स्नेह र विश्वासलाई आशीर्वादको रुपमा लिँदै यसै भूगोलका दिदीबहिनी र दाजुभाइहरूको आवश्यक्ताको सम्बोधन र विकास निर्माणमा मेरो कार्यकालको पूरा समय र उर्जा खर्चिने सङ्कल्प पुनः दोहोर्‍याउँदछु’, कांग्रेस नेता महर्जनले भनेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका महर्जन ललितपुर क्षेत्र नं. १ को प्रदेश सभा २ बाट बागमती प्रदेश सभाको सदस्यमा अत्याधिक मतसहित विजयी भएका हुन् ।

Published : Thursday, 2022 November 24, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया