नायिका रविनालाई रगतले लेखिएको पत्र र अश्लील तस्वीर उपहार

मुम्बई । बलिउडकी नायिका रविना टण्डनको लोकप्रियता घटेको छैन ।

रविनाले आफ्नो फिल्मी करियरमा थुप्रै हिट फिल्म दिएकी छन् । रविनाका प्रशंसक पनि धेरै छन् । रविनाका एकजना प्रशंसक उनका लागि पागलपनको हदसम्म पुगेका छन् ।

रविनाले आफ्ना एकजना प्रशंसक यस्ता थिए जसले रविनाका बच्चालाई आफ्नो बच्चा भन्थे । रविनासँग उनको विवाह भइसकेको ठान्थे । रविनाले भनेकी छिन्, ‘मेरो एक प्रशंसक गोवामा थिए । उनले पहिले नै आफ्नो मनमा उनको र मेरो विवाह भएको मानिसकेका थिए ।’

ती प्रशंसकले आफ्नो मानसिक सन्तुलन गुमाएको रविनाले बताएकी छिन् । रविनाले भनेकी छिन्, ‘उनले मेरा बच्चाहरूलाई आफ्नो मान्न थालेका थिए । एकदिन उनले मलाई रगतले भरिएको बोतल कुरियर गरें ।’

‘ती प्रशंसकले मलाई रगतले लेखिएको पत्र र उनको अश्लील तस्वीर पनि पठाए’, रविनले भनेकी छिन् । रविनाका एक मात्र नभएर यस्ता धेरै साइको प्रशंसक थिए ।

आफ्नो घरको गेटमा सधैं एक प्रशंसक बस्ने गरेको र एकपटक त्यो प्रशंसकले रविनाको श्रीमानमाथि कुटपिट गरेको समेत बताएकी छिन् । – एजेन्सी

Published : Monday, 2022 November 7, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया