विकासको मूल फुटाउने नेता ‘आए हाम्रा ईन्द्र बानियाँ’

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँका लागि चुनावी गीत सार्वजनिक भएको छ ।

मकवानपुर–२ प्रदेश सभातर्फ २ का उम्मेदवार बानियाँको चुनावी गीत सोमबार काठमाडौंमा सार्वजनिक भएको हो ।

‘आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत सभापति बानियाँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

चुनावी गीतमा मकवानपुरका साहित्यकार केशव समर्पणको रचना रहेको छ । गायक विमलराज क्षेत्री र गायिका सरु थापाको गीतमा स्वर रहेको छ ।

गीतमा स्मृति शाही, पुष्पा बोहरा, विपिन घिमिरे र पवन बिकको सामूहिक स्वर रहेको छ ।

गीतमा योगेश काजीले संगीत संयोजन गरेका छन् । गीतको लोकराज अधिकारीले सम्पादन गरेका छन् ।

गीतको भिडियो संयोजन विनोद चौलागाइँले गरेका छन् ।

Published : Monday, 2022 November 7, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया