शाहरूख खानले बनाएको फिल्म ‘जवान’को कथा चोरेर ल्याएको खुलासा

मुम्बई । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’विरुद्ध कथा चोरीको आरोप लागेको छ ।

कथा चोरीको आरोपपछि ‘जवान’का निर्देशन एटली कुमार विवादमा परेका छन् ।

निर्देशक एटलीमाथि अर्को फिल्मको कथाबाट जवानको कथा चोरेको आरोप छ ।

मणिकम नारायणन नामका फिल्म निर्माताले एटलीविरुद्ध तमिल फिल्म प्रोड्युसर काउन्सिलमा उजुरी दिएका छन् ।

उनले ‘जवान’को कथा तमिल फिल्म ‘पेरारसु’सँग मिल्दोजुल्दो रहेको दावी गरेका छन् ।

निर्देशक एटलीविरुद्ध कथा चोरी गरेको आरोप लागेको यो पहिलो पटक भने होइन ।

शाहरुख ‘जवान’मा दोहोरो भूमिकामा छन् । फिल्मको वास्तविक कथा के हो भन्ने खुल्न सकेको छैन ।

सन् २००६ मा रिलिज भएको फिल्म ‘पेरारसु’को कथा चोरी गरेको आरोप मणिकमले लगाएका छन् ।

एटलीमाथि लागेको आरोप साँचो हो कि होइन, ७ नोभेम्बरपछि तमिल फिल्म प्रोड्युसर काउन्सिलका सदस्यहरूले छानबिन गरेपछि थाहा हुनेछ ।

‘जवान’मा गौरी खान निर्माता रहेकी छिन् । गौरी शाहरुख खानकी पत्नी हुन् ।

फिल्ममा शाहरुख खान, नयन तारा, प्रियमणि, सान्या मल्होत्रा, सुनिल ग्रोवर र योगी बाबुलगायतको अभिनय रहनेछ । एजेन्सी

Published : Monday, 2022 November 7, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया