नायक वरुण धवन भेस्टिबुलर हाइपोफंक्शनबाट पीडित

मुम्बई । बलिउड नायक वरुण धवनले आफू भेस्टिबुलर हाइपोफंक्शन नामक रोगको उपचार गरिरहेको जनाएका छन् ।

यो रोग लागेपछि मानिसले आफ्नो शरीरको सन्तुलन गुमाउँने गर्दछ ।

वरुण यतिबेला आफ्नो आगामी फिल्म ‘भेडिया’को प्रमोशनमा व्यस्त छन् । उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

आफूलाई लागेको ‘भेस्टिबुलर हाइपोफंक्शन’ नामक गम्भीर रोगसँग लडिरहेको बताएका छन् । यो रोगले कारण उनले आफ्नो शरीरको सन्तुलन गुमाउँदै गएको समेत खुलासा गरेका छन् ।

‘कोरोना अवधिदेखि नै आफूलाई फिल्मको बारेमा थप दबाब महसुस हुन थालेको थियो’, उनले भने, ‘अघिल्लो फिल्ममा अत्यधिक कामका कारण मलाई भेस्टिबुलर हाइपोफंक्सन नामक रोग लागेको छ । निकै मानसिक तनावमा छु ।’

वरुणले २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट र सिद्धार्थ मल्होत्रासँग आफ्नो करियर सुरु गरेका थिए ।

वरुणले ‘बद्रीनाथ की दुल्हनिया’, ‘जुडवा २’ र ‘कुली नम्बर १’ जस्ता उत्कृष्ट फिल्ममा काम गरिसकेका छन् ।

वरुण पछिल्लो पटक अनिल कपूर र नीतु कपूरसँग फिल्म ‘जुग जुग जियो’ मा देखिएका थिए ।

वरुण आगामी दिनमा कृति सेननको जाडी भएर फिल्म ‘भेडिया’मा देखिनेछन् ।

यो फिल्म २५ नोभेम्बर २०२२ मा हलमा प्रदर्शन हुने तय भएको छ ।

वरुणले जान्हवी कपूरसँग फिल्म ‘बावल’मा काम गर्दैछन् । एजेन्सी

Published : Sunday, 2022 November 6, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया