कांग्रेस उप-सभापति गुरुङ चढेको गाडी दुर्घटना

पुतलीबजार । नेपाली कांग्रेसका उप–सभापति धनराज गुरूङ सवार गाडी स्याङजामा दुर्घटनामा भएको छ ।

शुक्रबार गुरुङ चढेको गाडी गल्याङ बटुवा भन्ने स्थानमा दुर्घटना भएको हो । गाडी सडकबाट नालीमा पुगेको छ । गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन् ।

कालीगण्डकी गाउँपालिका–६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताएका छन् ।

उप–सभापति गुरुङ स्याङ्जा–२ बाट प्रतिनिधि सभामा उम्मेदवार छन् ।

Published : Friday, 2022 October 21, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया