बागलुङ प्रहरीले पनि मनायो प्रहरी दिवस, एसपी ज्ञवालीले दिए शुभकामना

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६७औं प्रहरी दिवस २०७९ विशेष कार्यक्रम गरेर मनाएको छ ।

सोमबार बागलुङ बजारस्थित जिप्रकामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला न्यायधिवक्ता, पत्रकार महासंघ बागलुङका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, प्रहरीका सहयोगी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, उद्योगी, व्यावसायी र समाजसेवी व्यक्तित्वहरू, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत प्रहरी अधिकृतहरूबाट अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्पहार÷पुष्पगुच्छा अर्पण गर्ने, अमर प्रहरीका अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।

प्रहरी दिवशको उपलक्ष्यमा विविध खेलकुद कार्यक्रममा बिजेता खेलाडिहरूलाई पुरस्कृत गर्नुका साथै कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाबाट प्रमुख अतिथि तथा कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई स्वागत गरिएको थियो ।

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट ६७ औं प्रहरी दिवसको अवसरमा व्यक्त गर्नु भएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख (एसपी) दयानिधि ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए । एसपी ज्ञवालीले सबै प्रहरी कर्मचारीहरूलाई प्रहरी दिवसका अवसरमा शुभकामना समेत दिएका छन् ।

Published : Monday, 2022 October 17, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया