बागमतीमा कांग्रेस जिताउन ईन्द्र बानियाँले बनाए समिति

काठमाडौं । नेपाली कांग्रेस बागमतीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा प्रचार प्रसार कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्न तिलकप्रसाद रुवालीको संयोजकत्वमा प्रदेश प्रचार प्रसार समिति बनाएको छ ।

सभापति ईन्द्रबहादुर बानियाँले प्रवक्ता रुवालीलाई संयोजकमा मनोनित गरेका छन् । समितिको सह–संयोजक दीपेन्द्र आचार्य रहेका छन् ।

सदस्यहरूमा कोकलिा अस्तानी मगर, धनुकमारी थापा, सुनिता काफ्ले, कृष्ण रिजाल, विद्याभुषण कार्की, राजकमार त्रिपाठी, अर्जुन धरेल, मनबहादुर थापा, निरु कार्की, रजनी थापा र रामेश्वर ढकाल रहेका छन् ।

Published : Friday, 2022 October 14, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया