यी हुन् प्रत्यक्षमा टिकट पाउँदा पनि डरले समानुपातिकमा बस्ने कांग्रेसका सह-महामन्त्री

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र एक पटक समानुपातिक भइसकेका नेता प्रत्यक्षमा उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

समानुपातिक उम्मेदवारको सूची तयार हुँदैगर्दा केही दिन अगाडि बालुवाटारमा बसेको बैठकमा देउवाले पदाधिकारी र एक पटक समानुपातिक भएका नेताहरूलाई प्रत्यक्षमा उम्मेदवार बन्न आग्रह गरेका हुन् । पराजित हुने डरले केही पदाधिकारीहरू प्रत्यक्षमा चुनाव लड्न मानेनन् ।

महामन्त्री गगन थापा र नेता शेखर कोइराला निकटका सह–महामन्त्री जीवन परियारले आफू प्रत्यक्षमा उम्मदवार नबन्ने जवाफ फर्काएका थिए । गएको निर्वाचनमा परियार गण्डकी प्रदेशमा प्रदेश सांसद पदमा उम्मेदवार बनेका थिए । उनी त्यस बेला हारेका थिए ।

गुटको नाममा सबैभन्दा धेरै अवसर पाउने दलित नेतामा परियार पनि पर्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत परियार प्रतिनिधि सभामा समानुपातिक सांसद पनि भइसकेका छन् ।

परियारले टिकट पनि पाए । जित्न सकेनन् । तैपनि अहिले आएर गगन–शेखर समूहमा लागेर सभापति देउवाविरुद्ध नेता कार्यकर्ता उक्साउनेदेखि आन्दोलन गराउने हर्कतमा छन् ।

प्रवक्ता डा.प्रकाशशरण महतले आफू समानुपातिकमा बस्न इच्छुक नरहेको बताएका थिए । डा.महतले काठमाडौं–५ वा नुवाकोट क्षेत्र नं. १ बाट टिकट मागेका थिए ।

Published : Thursday, 2022 September 29, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया