नेशनल मेडिकल कलेजद्वारा ७ जना विद्यार्थी निस्कासित

वीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगञ्जले ७ जना विद्यार्थीलाई निस्काषन गरेको छ ।

जुनियर विद्यार्थीमाथि ¥यागिङ गरेको भन्दै नेशनल मेडिकल कलेजले ७ जना विद्यार्थीलाई एक वर्षका लागि निस्कासन गरेको जनाएको छ ।

कलेज प्रशासनले छात्रवासमा जुनियर विधार्थीलाई ¥यागिङ गर्ने ७ जना सिनियर विधार्थीलाई असोज ९ गतेदेखि १ वर्षका लागि निस्कासन गरेको सूचनामा उल्लेख छ ।

कलेजका प्रिन्सिपल प्रा.डा.केएन सिंहले सात जनाको नाम सार्वजनिक गरेका छन् ।

कलेजबाट एक वर्षका लागि निस्कासित हुनेमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनितकुमार गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव रहेका छन् ।

बेलाबेला विवादमा आइरहने नेशनल मेडिकल कलेजले ७ जना विद्यार्थीलाई निस्काषन गरेर चर्चामा आएको छ ।

Published : Tuesday, 2022 September 27, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया