आरजुसहितका यी नेताहरू प्रधानमन्त्री बन्न नपाउने, कांग्रेसका हुतिहारा पुरुष नेताहरू

काठमाडौं । प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली कांग्रेसकाी केन्द्रीय सदस्य आरजु राणा समानुपतिकतर्फको सूचीमा परेकी छिन् ।

कांग्रेसले राणालाई प्रतिनिधिसभातर्फ समानुपातिकमा राखेको छ । सोमबार कांग्रेसले निर्वाचन आयोगलाई बुझाएको सूचीमा राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ राखेको छ ।

नेतृ राणाको नाम सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा सिफारिस भएको स्रोतले जनाएको छ ।

नेतृ राणलाई कैलाली– ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको थियो ।

राणालाई कांग्रेसले अन्तिम समयमा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

नेतृ राणालाई कैलाली– ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने चेतावनी दिएको दिएको थियो ।

निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।

कांग्रेसले क्लस्टरअनुसार ८ सह–महामन्त्रीले सूचीलाई फाइनल गरेका छन् ।

कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, नेता डा.रामशरण महत, नेतृ अम्बिका बस्नेतलगायतका नेताहरू समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।

प्रत्यक्षमा पराजित हुने डरले उनीहरू समानुपातिकतर्फ बसेका हुन् । उनीहरू सबै कांग्रेसमा अबसर लिने नेताहरूमा पहिलो पंक्तिमा छन् ।

नेतृ राणासहित समानुपातिकतर्फ उम्मेदवार बनेका कांग्रेस नेताहरू प्रधानमन्त्री बन्न पाउनेछैनन् । यद्यपि, उनीहरू सांसद बनेमा मन्त्री भने बन्न पाउनेछन् ।

Published : Monday, 2022 September 19, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया