च्याम्पियनसिप जित्ने भारतको सपना नेपालले भत्काइदियो

काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिप २०२२ मा नेपालले भारतलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

भारतलाई पराजित गरेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । साफ वुमेन्स च्याम्पियनसिप फुटबलको फाइनल नेपाल र बंगलादेशबीच हुनेछ ।

शुक्रबार नेपालले दशरथ रंगशालामा भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराएर उपाधि भीडन्तसम्म पुगेको छ ।

नेपाल र बंगलादेशबीच सोमबार उपाधिका लागि भीडन्त हुनेछ । प्रतियोगिताको इतिहाँसमा भारत फाइनलमा जान जान नसकेको यो पहिलो पल्ट हो ।

सोमबार नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ । भारतको यो लगातार दोस्रो हार हो । भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको थियो । भारत यस अगाडिका सबै संस्करणमा विजेता बनेको थियो ।

साफ च्याम्पियनसिपको इतिहाँसमा भारतमाथि नेपालले पहिलो जित हातपारेको छ । नेपालले भारतलाई दोस्रो पटक हराएको छ ।

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् । (तस्विर ई–कान्तिपुरबाट साभार)

Published : Friday, 2022 September 16, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया