प्रचण्डले आफ्नो सुरक्षाका लागि यी डीएसपीलाई ल्याए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सुरक्षाका लागि डीएसपी सिद्धराज न्यौपानेलाई राखेका छन् ।

दाहालले आफ्नो पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) डीएसपी न्यौपानेलाई राखेका हुन् । न्यौपानेले दाहालको सुरक्षा कमाण्ड सम्हाल्ने छन् ।

दाहालका यसअघिका पीएसओका रुपमा कार्यरत डीएसपी नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ । सुवेदी गएपछि डीएसपी न्यौपाने दाहालको सुरक्षाका लागि आएका हुन् ।

Published : Friday, 2022 August 5, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया