बालेनलाई ज्याति मगरले दिइन् मुर्छापर्ने जवाफ

काठमडौं । सकडमा मकै पोलेर जीविकोपार्जन गर्दै आएका दम्पत्तिलाई बिचल्ली बनाएपछि विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’प्रति गायिका ज्याति मगरले पनि व्याङ्ग्य गर्दै कठोर शब्दहरू लेखेकी छिन् ।

बालेनले आत्महत्या गरेर ज्यान फालेका र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’को सालिक बनाउने भनेपछि आलोचना भइरहेका बेला गायिका मगरले पनि सालिक बनाउने बालेनको निर्णयको विरोध गरेकी हुन् । उनले बालेनलाई तलब कति हुन्छ भनेर प्रश्न पनि गरेकी छिन् ।

महानगरपालिकाको बजेटबाट बालेनले आत्महत्या गरेर ज्यान फालेका यमबुद्धको सालिक बनाउन दुरुपयोग गर्ने निर्णय गरेपछि विरोध भएको थियो । त्यसपछि बालेनले शनिबार फेसबुकमार्फत आफ्नो तलबबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।

यमबुद्धको सालिक बनाउन बालेनले तलब खर्च गर्ने कुराको पनि विरोध भएको छ । यमबुद्धको सालिक बनाउँदा बालेनले आफ्नो निजी जमीन वा सम्पत्तिभित्र बनाउन सुझाव आएको छ ।

गायिका मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘हाम्रो देशमा कोही–कोहीले मलाई मेयर बनाउनु मेरो तलबले समाज सेवा गर्छु भन्छन् ।’

‘कोही–कोहीले मेयर भएर मेरो तलबले सालिक बनाउँछु भन्छन् । हैन मेयरको तलब कति छ बे ?’, गायिका मगरले बालेनलाई प्रश्न गरेकी छिन् ।

‘सिस्टम जस्ताको त्यस्तै । देशमा जनतालाई भेँडा बनाउने ? पावरमा बस्ने … यत्रो बन्यो देश… घण्टा जस्तो…’, गायिका मगरले बालेनसहितका जनप्रतिनिधिहरूमाथि आक्रोश पोखेकी छिन् ।

Published : Saturday, 2022 July 9, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया