उप–सचिवहरूको बढुवाका लागि क–कसको नाम सिफारिस ?

काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट उप–सचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस गरेको छ ।

प्रशासनतर्फका १७ जना, राजश्वतर्फ ३, लेखापरीक्षणतर्फ ८, संसद सेवातर्फ १, लेखा समूहमा ६ जनालाई आयोगले सिफारिस गरेको हो ।

प्रशासनतर्फ लिखित परीक्षाबाट उत्तीर्ण भएका २२ जनामध्ये अन्तर्वार्ताको लागि १७ जना मात्रै छनौट भएका थिए । ३ जना वैकल्पिकमा छनौट भएका छन् ।

राजश्व समूहतर्फ २२ जनाका लागि २३ जना बढुवामा सिफारिस भएका हुन् । एक जना वैकल्पिकको लागि छनौट भएका छन् ।

लेखापरीक्षणतर्फ ६ जना सिफारिस भएका छन् । २ जना वैकल्पिक सिफारिस भएका छन ।

लेखापरीक्षणमा १७ जना अन्र्तवार्ताको लागि छनौट भएका थिए । संसद सेवातर्फ एकजना मात्रै सिफारिस भएका छन् ।

लिएको लिखित परीक्षा आएको नतीजाको प्राप्ताङ्कको आधारमा अन्तर्वार्तामा छनौट भएको आयोगले जनाएको छ ।

आयोगले बढुवामा सिफारिस भएकाहरूलाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको लोक सेवा आयोगले जनाएको छ ।

Published : Tuesday, 2022 June 21, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया