नारायणकाजी श्रेष्ठले आफ्नै वडा हारे, सिरानचोकमा कांग्रेसको शानदार जित

सिरानचोक । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसले शानदार जित हातपारेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ज्ञानेन्द्रबहादुर गुरुङ ५४०३ मतसहित निर्वाचित भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी रीता देवकोटा ४८०४ मतसहित विजयी भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसबाट मनिता गुरुङ ४४० मतसहित निर्वाचित भएकी छिन् । २ मा कांग्रेसका खुशीमान गुरुङ ८०९ मतसहित निर्वाचित भएका छन् ।

३ मा कांग्रेसका जगदीश्वर ढकाल ९६५ मतसहित निर्वाचित भएका छन् । ४ मा कांग्रेसकै भरत हमाल ६८१ मतसहित निर्वाचित भएका छन् । ८ मा कांग्रेसकै दलमान गुरुङ ७१६ मतसहित निर्वाचित भएका छन् ।

माओवादीबाट वडा नं. ५ मा ठानेश्वर पोखरेल ६६७ मतसहित निर्वाचित भएका छन् । ६ मा माओवादीका प्रेमप्रसाद वस्ती ६६३ मतसहित निर्वाचित भएका छन् । ७ मा माओवादीका राजेन्द्रबाबु ढकाल ४७८ मतसहित निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गाउँपालिका र उनकै ८ नं. वडा पनि कांग्रेसले जितेर जिल्याइदिएको छ ।

Published : Thursday, 2022 May 19, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया