सागका कीर्तिमानी खेलाडी मण्डेकाजीले एसियाडमा नखेल्ने

सातदोबाटो । मण्डेकाजी श्रेष्ठले १९औं एसियाली खेलकुद प्रतियोगितामा नखेल्ने भएका छन् ।

चीनको होन्झाउमा एसियाड गेम सेप्टेम्बर १० देखि २५ सम्म हुन लागेको छ ।

एसियाली खेलकुदको प्रारम्भीक छनोटका रुपमा रहेको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि श्रेष्ठले एसियाड खेल्ने छैनन् ।

श्रेष्ठले दुई वर्षअघि काठमाडौंमा भएको १३औं सागमा एकल र टिम काता दुवैमा स्वर्ण पदक जितेका थिए ।

एउटै सागमा दोहोरो स्वर्ण पदक जित्ने उनी करातेका एक्लो खेलाडी हुन् ।

राष्ट्रिय प्रतियोगितामा उनी नेपाल पुलिस क्लबको काता प्रशिक्षकका रुपमा सहभागी छन् ।

श्रेष्ठले उपयुक्त समय आएपछि सन्यासको घोषणा गर्ने पत्रकारहरूलाई बताएका छन् ।

बिहीबारदेखि ललितपुरको सातदोबाटोमा नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा करातो प्रतियोगिता शुरु भएको छ ।

यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ सय १० खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Published : Friday, 2022 April 8, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया