प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले चैत ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीको सहभागिता रहनेछ ।

विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२’ आयोजना गर्न लागेको जानकारी दिइयो ।

फाउण्डेशन ७७ वटा जिल्ला र ७ प्रदेशमा रहेको छ । प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको छ ।

फाउण्डेशनको युवा तथा खेलकुद विभाग बागमती प्रदेश संयोजक तुलसी थापा मगरले खेलकुद विभाग बाग्मती प्रदेश समितिको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

Published : Sunday, 2022 March 13, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया