ज्योतिको कुराले कानूनको गलत प्रयोग गर्न खोज्ने महिलाहरूलाई तनाब
काठमाडौं । गायिका ज्योति मगरले भेदभाव लिङ्गको आधारमा गर्न नहुने बताएकी छिन् ।
ज्यातिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुरुषहरूलाई लिङ्गका आधारमा अन्याय हुन नहुने बताएकी हुन् ।
‘घर समाज र आफन्तको इज्जतको लागि अन्याय सहेर बस्नु हुने नारीदेखि अन्यायको बिरुद्धमा लड्नु हुने महान नारीहरू लगायत स्वार्थको लागि कानूनको गलत फाइदा उठाउँदै इज्जतलाई खुलेआम उछाल्नु हुने नारीसम्म सबैलाई नारी दिवसको शुभकामना’, ज्योतिले भनेकी छिन् ।
‘अबको महिलाको नारा महिला सशक्तीकरणभन्दा मानव सशक्तीकरण हुनुपर्छ मेरो बिचारमा’, उनले भनेकी छिन्, ‘हाम्रा पुरुष दाजुभाइहरूले गुनासो गर्न थालीसक्नु भयो हामी त पीडितनै भैयो भनेर ।’
‘अबको भेदभाव लिङ्गको आधारमा होइन सहि र गलतको आधारमा हुनुपर्छ है’, गायिका ज्योतिले भनेकी छिन् ।
उनले महिलाका नाममा ब्ल्याकमेलिङ गर्ने, सहमतिमा मायाप्रेम गर्ने, आफूले भनेअनुसार भएन भने महिलाले पुरुषलाई बलत्कारको अभियोगमा फसाउने जस्ता कार्यप्रति ब्याङ्ग्य गरेकी छिन् ।
महिलाको अधिकार र हिंसा रोक्न राम्रो अभिप्रायले बनाइएको संविधान र कानूनलाई केही अराजक तत्वले पुरुषलाई हिंसा र बलत्कार गरेको भनेर फसाउने कार्य बढ्न थालेका बेला ज्योतिका यो अभिव्यक्तिले कथित महिला अधिकारवादीहरूको अनुहार बाहिरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया